ताजा अपडेट »
विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलरको भाउ आज उकालो लाग्यो, अन्यकाे दर कस्ताे ?

मंगलबार, २२ माघ २०८१, ०४ : ५४
46 Shares
मंगलबार, २२ माघ २०८१
46 Shares

काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।

युरोपियन युरो एकको खरिद एक सय ४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिद एक सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद ८५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिद ९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिद एक सय एक रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिद १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिद ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिद चार रुपैयाँ नौ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिद ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै  साउथ कोरियन वन एक सयको खरिदार नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिद १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिद चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिद तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिद तीन सय ६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।