बुटवल । बुटवल–११ देविनगर ओलीपथस्थित गार्गी एकेडेमीमा सोमबार बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको छ । विद्यालयका प्राचार्य भुवन अधिकारीका अनुसार विद्यालयमा १२२ जना बालबालिकाहरुले सोमबारदेखि अक्षर आरम्भ गरेका छन् ।
विद्यालयमा हाल २ हजार २ सय बढी विद्यार्थीले अध्ययन गरिरहेको बताउँदै प्राचार्य अधिकारीले गार्गी एकेडेमी शैक्षिक आकर्षणको रुपमा स्थापित हुँदै गएको दाबी गरे । विद्यालयमा सञ्चालन गरिने विभिन्न शैक्षिक कार्यक्रम तथा विद्यार्थीको प्रतिभा पहिचान गरी उनीको व्यक्तित्व बिकासमा गरिने क्रियाकलापले अभिभावकको मन जित्न सफल भएको उनी बताउँछन् ।
प्रतिक्रिया