ताजा अपडेट »

आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्छ : प्रधानमन्त्री

सोमबार, २१ माघ २०८१, १४ : ५१
16 Shares
सोमबार, २१ माघ २०८१
16 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रुपमा युवाहरुलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरुलाई दक्ष र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ सरकारको ध्यान रहेको बताएका हुन् । 

उनले भने, ‘मेरो र मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आजको बालबालिकाहरुलाई तिव्र रुपमा हुर्काउने, आजको आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित मात्र होईन, दक्ष बनाउने विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ छ । हामी कोहीभन्दा कम छैनौं, हामीसँग हाम्रो महान पूर्खाको इतिहास छ ।’

उनले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गरेको बताए ।  उनले भने, ‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुुपर्छ ।’

उनले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव दिए ।

उनले विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुुपर्नेमा जोड दिँदै युुवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।