ताजा अपडेट »

पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रीपञ्चमीको अवसरमा शुभकामना

सोमबार, २१ माघ २०८१, १३ : २७
20 Shares
सोमबार, २१ माघ २०८१
20 Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएका छन् । श्रीपञ्चमीअर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिदै पूर्वराष्ट्रपति भण्डारीले  देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरकी छन् ।  

“साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ । बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो”, भन्दै सामाजिक सञ्जाल एक्समार्फत उनले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।