ताजा अपडेट »

‘व्यापारीलाई लाभ र नेताकाे कमिसनका लागि केवलकार बनाउन आवश्यक छैन’

आइतबार, २० माघ २०८१, २३ : ५३
20 Shares
आइतबार, २० माघ २०८१
20 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारीको फाइदा र केही राजनीतिक नेताको कमिसनको लागि पाथीभरामा केबलकार निर्माण थालिएको भन्दै आरोप लगाएका छन् । 
आइतबार पार्टी कार्यालय धुम्वराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेताहरुको शेयर सुनिश्चितता लागि जनतमाथि गोली चलाएर र दमन गरेर केबलकार अहिले बनाउन जरुरी नरहेको समेत उनले बताएका हुन् ।


उनले भने,‘अहिले देशमा एउटा घट्नाले ठूलो चर्चा पाइरहेको छ । पाथीभरामा केबुलकार बनाउने नाममा जुन प्रकारको ज्यादती सरकारले गरेको छ,  म त्यसको निन्दा गर्न चाहन्छु । कुनै व्यापारीको फाइदाको लागि र केही नेताको कमिसन तथा केही नेताहरुको शेयर सुनिश्चितताको लागि जनतमाथि गोली चलाएर दमन गरेर त्यो केबलकार अहिले बनाउन जरुरी छैन् ।’

उनले केबलकारको निर्माण कार्य र दमन तत्काल रोकेर त्यहाँको जनजीवनलाई सहज बनाउनसरकारको ध्यानाकर्षण गराए । सरकार यसप्रकारको व्यवसायिक विषय र व्यक्तिको लाभसँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रीत हुँदै गए राप्रपाले त्यसको प्रतिकार गर्ने पनि उनले बताए ।

उनले भने,‘त्यो आवश्यकता हो कि होइन, जनतालाई कति फाइदा गर्छ । र त्यसले त्यहाँको मौलिकताको संरक्षण गर्छ कि गर्दैन, परम्परामाथि आक्रमण हुन्छ कि हुँदैन् । त्यसको विश्लेषण गरेर मात्र यस्ता विषय अगाडि बढाउनुपर्छ । त्यसैले अहिले केबलकारको निर्माण कार्य तत्काल रोक्न र दमन रोकेर जनजीवनलाई सहज बनाउन जरुरी छ ।

म भय र आतंकको वातावरण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।  यदी सरकार यसप्रकारको व्यवसायिक विषयहरु व्यक्तिको लाभसँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रीत हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राप्रपाले त्यसको प्रतिकार गर्छ ।’  उनले आफ्नो जीवन यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा पनि छिर्नसक्ने दाबी गरे । उनले यो जीवनमा त के अर्को जीवनमा पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए ।

उनले भने,‘जुन मैले नेपाली राजनीतिमा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने मान्यता राखेर हिडेको छु । राप्रपाको आदर्शको रुपमा त्यो स्थापित भएको छ । फेरि एकचोटी जोड दिएर भन्छु, यति लामो जीवन यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा छिर्नसक्छु । त्यसैले यो जीवनमा त के राजेन्द्र लिङ्देनले अर्को जीवनमा पनि भ्रष्टाचार गर्ने छैन् ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।