ताजा अपडेट »

एमालेद्वारा अछामका प्रदेश र जिल्ला तहका ५ नेता निस्कासित

आइतबार, २० माघ २०८१, २३ : २१
12 Shares
आइतबार, २० माघ २०८१
12 Shares

काठमाडाैँ । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलको अभियानमा लागेको बताउदै जिल्ला र प्रदेश तहका ५ नेता एमाले नेताहरू कारबाहीमा परेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचाैँ सचिवालय बैठकले सचेत गराउँदा समेत रावलको अभियानमै रहिराखेको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै अछामका ५ जना नेतालाई साधारण सदस्यबाटै हटाइएको बताइएको छ। 

रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै निस्कासित गरिएका नेताहरूमा अछाम जिल्ला सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर रहेका छन् भने प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि एमालेले पार्टीबाट निस्कासन गरेको छ। यी सबै  हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।