बुटवल । लुम्विनी प्रदेशको उद्योग, पर्यटन तथा यातायातमन्त्रालय, पर्यटन विकास परिषदको आयोजनामा आईतवार पाणिनि सम्मेलन तयारीको सम्वन्धमा बुटवलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । पाणिनि संस्कृत भाषाको प्रसिद्ध व्याकरणको उदगम स्थल भएकोले यसको संरक्षण र विकास गर्न सके धार्मिक पर्यटक भित्रयाई आर्थिक उपार्जन गर्न सकिने कुरामा सहभागीहरुले जोड दिएका छन । पर्यटनको आधार सस्कृति र प्रकृतिहो भन्ने मान्यता स्थापित गर्नका लागि प्रदेश सरकारले पाणिनी सम्मेलनको आयोजनको तयारी गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरले बताए । लुम्विनी प्रदेशमा रहेका सम्पदासित स्थानीयलाई कसरी जोड्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न खोजिएको उनले बताए ।
कार्यक्रममा १०००८ स्वामी श्री ज्ञानानन्द सरस्वतीले पाणिनी तपो भूमीको महिमा निकै महत्वपूर्ण रहेकाले यसको संरक्षणमा सबैको सहयोग जरुरी हुने बताए । प्रकृतिसँग विरोधाभास नहुने गरी संरचना निर्माण गर्नु पर्नेमा जोड दिए । उनले पाणिनीको वारेमा पुस्तिका तयार गरेर देश विदेशमा प्रचार गर्न सुझाव दिए । तिहासवारे कलमचलाउने कामबिद्वानहरुले निर्धक्कसाथ लेख्नु पर्ने भन्दै स्वामी सरस्वतीले पाणिनिको महत्वउजागर गर्न ढिला गर्न नहुने धारणा राखे ।
पाणिनी गाउँपालिका अध्यक्ष, टेकराज न्यौपानेले बिश्वकै विशेषता भएको स्थलको संरक्षणका लागि सम्मेलन मार्फत दीर्घ कालिन गुरुयोजना बनाउनका लागि सहज हुने धारणा राखे । यसकालागिपालिकाको पूरै टिम यो अभियानमा जुटेको समेत बताए ।
पर्यटन विकास परिषदकाकार्यकारीअधिकृतरामु जोशीःधार्मिक सर्किट वनाउने मुख्यमन्त्रीको योजना रहेको बताउँदै रिडी, स्वर्गद्वारी, पाणिनि आदिजोडेर सर्किट बनाउनु जरुरी रहेको खुलासा गरे ।
कार्यक्रममा पाणिनि विकास परिषद गठन गर्नु पर्ने तपोभूमि केन्द्रीत वेभसाइट तयार गर्नु पर्ने लगायतका विषयमा वरिष्ठ पत्रकार डी.आर. घिमिरे, विष्णु भूसाल, बालकृष्ण चापागाई सहभागी युवराज कडेँल, ज्योतिस.जनार्दन न्यौपाने रामप्रसाद घिमिरे, बलवहादुर अचार्य, धनिश्वर पोख्रेल, कृष्ण पौडेल, पुनाराम पोख्रेल, अच्यूत गौतम, रामप्रसाद पोख्रेल,ः ऋषि आजाद ,विष्णु पोख्रेललगायतले सुझाव दिएको थिए ।
प्रतिक्रिया