काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् ।
आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बरालको नियुक्त कानून विपरीत भएको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो ।
सर्वोच्चले सरकारले योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै मन्त्रिपरिषदको २०८१ मंसिर ६ गतेको निर्णयअन्तर्गत उपाध्यक्षको नियुक्त आदेशद्वारा बदर हुने ठहर गरेको छ ।
नेपाल सरकारलाई विपक्षी बनाएर टैलेन्द्र आचार्यले रिट निवेदन दिएका थिए ।
प्रतिक्रिया