ताजा अपडेट »

आईएसएमटी कलेज बुटवलद्वारा आयोजित अन्तरविद्यालय फुटसलको उपाधि न्यू होराइजनलाई

आइतबार, २० माघ २०८१, २० : ३७
16 Shares
आइतबार, २० माघ २०८१
16 Shares

बुटवल । आईएसएमटी कलेज बुटवलको आयोजनामा भएको दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

तिलोत्तमाको मोनालिसा फुटसल एरिनामा शुक्रबार र शनिवार भएको प्रतियोगितामा न्यू होराइजन इंग्रलिस बोडिङ्ग स्कुल विजेता भएको छ । न्यू होराइजनले गौतम बुद्ध माध्यमिक विद्यालयलाई पराजित गरी विजेता बन्न सफल भएको हो ।

जीतसँगै न्यू होराइजनले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेतामा चित बुझाएको न्यू होराइजन गौतमबुद्ध माध्यमिकले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा उत्कृष्ट गोलकर्ता हिमाल थापा मगर, उत्कृष्ट प्लेर्यस  विवश मगर र उत्कृष्ट गोल किपर मोहित चौधरी भएका थिए ।

प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई रेजो टेक नेपालका निर्देशक तथा आईटी एक्सर्पट रोहित पोखरेल र आईएसएमटी कलेजका प्रमुख जीवन पौडेलले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितामा रुपन्देही जिल्ला भित्रका १३ विद्यालयहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।