ताजा अपडेट »

बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, २० माघ २०८१, १७ : ३१
0.95K Shares
आइतबार, २० माघ २०८१
0.95K Shares

बुटवल । बुटवलको राजर्माग चौराहामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा सो दुर्घटना परी स्कुटरका चालक पुनको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।