ताजा अपडेट »

रुपन्देहीको सुद्धोधनमा दोस्रो इन्टर डोजो च्याम्पियनसीप सम्पन्न

आइतबार, २० माघ २०८१, १७ : २६
44 Shares
आइतबार, २० माघ २०८१
44 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ मा दोस्रो इन्टर डोजो च्याम्पियनसिप २०८१ सम्पन्न भएको छ। जापान गुज्रियो कराते डो क्यानवाकाई नेपाल एसोसिएसन रूपन्देहीको आयोजनामा शुद्धोधन र छिमेकी स्थानीय तहका समेतगरी १३ वटा डोजोहरूको सहभागिता रहेको थियो।

उक्त प्रतियोगितामा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल फर्साटिकरले प्रथम स्थान हासिल गरेको छ भने, फर्साटिकर मावि द्वितीय र दुर्गा शैक्षिक गृह तृतीय हुन सफल भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई शुद्धोधन–४ का अध्यक्ष एवं गाउँ पालिका प्रवक्ता केशव अधिकारीले पुरस्कार वितरण गरेका थिए । 

कुमुते र काता गरी विभिन्न विधामा सम्पन्न भएको प्रतियोगितामा छात्र र छात्रा गरी करिब १३० जना कराते खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा बेस्ट फाइटरको उपाधि नीलम थापाले प्राप्त गरेका छन् । कार्यक्रममा जापान गुज्रियो कराते दो क्यानवाकाई नेपाल एसोसिएसन केन्द्रका उपाध्यक्ष रवि राना र शुद्धोधन खेलकुद विकास समिति अध्यक्ष मुकेश कुँवर, फर्साटिकर व्यापार संघका अध्यक्ष लालमणि श्रेष्ठ, फर्साटिकर टोल बिकास समितिका अध्यक्ष गोमा पाण्डे, शुद्धोधन गाउँपालिका मार्सल आर्ट संयोजक राजु क्षेत्री लगायतले शुभकामना व्यक्त गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।