ताजा अपडेट »

केवलकार निर्माण विवादः झापाको दमकमा झडप, ८ जना पक्राउ

आइतबार, २० माघ २०८१, १७ : १५
32 Shares
आइतबार, २० माघ २०८१
32 Shares

काठमाडौँ । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । 
 
झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।