बुटवल । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार सकिएको फाइनल खेलमा एपिएफलाई ३ २ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।
पहिलो सेटमा १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेटमा २९–द्द७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६ ले जित निकालेको थियो । पाँचौं सेटमा आयोजकले उत्कृष्ट प्रदर्शन गर्दै १५-१३ को जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।
पहिलो पटक सहभागिता जनाएको आयोजकले पहिलो पटकमै उपाधि चुम्न सफल भएको हो । टिमका लागि बुटवलका अनुभबी प्रशिक्षक अर्जुन घिमिरेले प्रशिक्षण गरेका थिए । उपाधि विजेता टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । उपविजेतामा सीमित एपिफएफले २ लाख ८५ हजार ५५५ रुपैयाँ जित्यो ।
प्रतिक्रिया