ताजा अपडेट »

महिला टी २० सिरिज : नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

आइतबार, २० माघ २०८१, १३ : ५१
12 Shares
आइतबार, २० माघ २०८१
12 Shares

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० आई सिरिज अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको हो ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन जोड्न सफल भएको हो । नेपाललका लागि सिता थापाले सर्वाधिक ५ विकेट लिएकी छन् । नेपालले अहिले जवाफी ब्याटिङ गर्दै छ । आजको खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो जितको खोजीमा नेपालल रहेको छ । यसअघिको खेलमा नेपाल नेदरल्याण्ड्स र थाइल्याण्ड्ससँग पराजित भएको थियो । नेदरल्याण्ड्सले नेपाललाई पराजित गरे पनि थाइल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्ड्स हालसम्म २ खेलमा अविजित रहँदै शिर्ष स्थानमा रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।