ताजा अपडेट »

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

आइतबार, २० माघ २०८१, १३ : २२
20 Shares
आइतबार, २० माघ २०८१
20 Shares

काठमाडौं । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु  रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् ।

चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका  १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो । 

यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्मी पथबाट गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल, प्रोमेथ, बोमिन  र नगद रु ९५ हजार ७ सय ५ सहित ४ जनालाई  पक्राउ गरिएको छ । 

नक्कली नोटसहित पक्राउ

यसैबीच, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।