ताजा अपडेट »

सम्झौता थप नगर्ने क्यानको निर्णयपछि मोन्टीको भावुक सन्देश-‘यो गुडबाई होइन, धन्यवाद हो’

आइतबार, २० माघ २०८१, १२ : ४६
18 Shares
आइतबार, २० माघ २०८१
18 Shares

बुटवल । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक मोन्टी देसाइको सम्झौता थप नगर्ने भएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै क्यानले मोन्टीलाई धन्यवाद दिँदै अब सम्झौता नथप्ने निर्णय गरेको हो । देसाइलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।

मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो।

क्यानले सम्झौता थप नगर्ने निर्णय लिएपछि भावुक बनेका मोन्टीले सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरेका छन् ।

‘१० जनवरी २०२३ मा मैले नेपाल क्रिकेट संघ (क्यान) सँग अवसरलाई अंगालेँ । नेपाल क्रिकेटमा स्थायी छाप छोड्ने आशाका साथ, उत्साह र उद्देश्यका साथ अज्ञात यात्रामा पाइला चालेँ, ’ प्रशिक्षक देशाईले लेखेका छन् ।

विगत २ वर्षको कार्यकालमा संगालेका यादहरुलाई उल्लेख गर्दै प्रशिक्षक देशाईले भनेका छन्, ‘यी दुई वर्ष अविस्मरणीय रहे, जसमा अमूल्य क्षणहरू र साझा उपलब्धिहरू संकलन भए । टीयू मैदानमा भएको एसिया कप छनोट, जहाँ समर्थकहरू रुखमा चढे, छातामुनि उभिए र मुलपानीमा विश्वकप छनोटको त्यो उर्जाले भरिपूर्ण माहोलले नेपालको क्रिकेट प्रेम र दृढता परिभाषित गर्‍यो ।’

यस्तो छ जाँदाजाँदै मोन्टीले लेखेको स्टाट

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।