ताजा अपडेट »

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

आइतबार, २० माघ २०८१, ११ : १६
44 Shares
आइतबार, २० माघ २०८१
44 Shares

काठमाडौं । साताको  पहिलो  कारोवार  दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको भाउ भने घटेको छ ।  यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।