ताजा अपडेट »
पुस्तक समीक्षा :

विश्व शान्तिको आधार : बौद्धदर्शन र सञ्चार

आइतबार, २० माघ २०८१, ०९ : २२
34 Shares
आइतबार, २० माघ २०८१
34 Shares

मानवको जैविकिय विकास र उद्भवमा अध्ययन तथा अनुसन्धानमा सक्रिय मानवशास्त्रिहरुका निष्कर्षमा आधारित रहेर  भन्दा आजको मानवको पुर्खा करिब ६१ लाख वर्ष पहिले वानर र नरवानर जस्तै देखिने प्राणिबाट भएको मानिन्छ । मानिसका पुर्खाहरु जङ्गली ढुङ्गे युगमा हुँदादेखि नै आहारका लागि विभिन्न समुहमा विभाजित भई एक आपसमा झगडा गर्ने गरेको कुरा मानवशास्त्रीय अनुसन्धानमा पढ्न पाईन्छ । प्राचीन युग देखि मानिसको मन सधैं अस्थिरताले गाजेको पाईन्छ । अर्थात् मानिस हिंसा र बेचैनबाट पीडित बनिरहेको थियो तर त्यसको ठोस कारण पत्ता लगाउन सकिरहेको थिएन । 

आज भन्दा करिब २५०० वर्ष अगाडि नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम् बुद्धले आफ्नो जीवनको उर्जावान समयमा गृह त्याग गरि कठोर तपस्या र साधनबाट विश्व शान्तिका लागि अहिंसा र शान्तिको शुत्र प्राप्त गरि विश्वलाई शान्तिका अपिल गरेका कारण आज उनको दर्शनलाई बौद्धदर्शन मानि विश्वका विभिन्न विश्वविद्यालयलयमा अध्ययन तथा अनुसन्धानका कार्यक्रमहरु चलिरहेको अवस्थामा नेपाली पत्रकारीताको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाईंले प्रकाशित गरेको बौद्धदर्शन र सञ्चार शोध कृति नेपालीहरुका लागि मात्रै नभई संसारभरका शान्ति र अहिंसाका पक्षधरहरुका लागि जीवनमा पढ्नुपर्ने उत्कृष्ट कृति बनेको छ । यसका लागि लेखक डाक्टर चापागाईंलाई धेरै बधाई तथा शुभकामना छ ।

विश्वमा अहिले सबैतिर पद, पैसा, प्रतिष्ठा, मान, सम्मान, यौवन आदिका लागि तिव्र प्रतिस्पर्धा चलिरहेको छ । यस्तो प्रतिस्पर्धामा विश्वका विकासोन्मुख तथा विकसित दुवै राष्ट्रका नागरिक र सरकारहरु जोडबलले लागिरहेको विश्व परिपेक्षयमा यो कृतिले दिन खोजेको सन्देश अत्यन्तै मार्मिक र मार्ग दर्शक रहेको छ । विश्वमा रहेका हरेक प्राणीलाई यो प्रकृतिमा बस्न र आफ्ना गतिविधि सञ्चालन गर्न पाउने जनमसिद्ध अधिकार रहेको र यसलाई सबैका बीचमा प्रभावकारी सञ्चार गराउन सकिएमा संसारमा चलिरहेका सबै प्रकार र बिभेदहरुको सुखद अन्त्य गरि समतामूलक समाज निर्माण गर्न सकिने सत्यतालाई यो कृति बताउन सफल भएको छ । 

मानिसहरुमा रहेको छिटो प्रगति चाहने अस्वाभाविक अपेक्षा कारणले ऊ स्वयम् मात्रै नभई सम्रग मानव जाति तथा संसारका सबै प्राणिले दुःख भोगिरहेको कुरालाई समाधान गर्नका लागि बौद्धदर्शनले विकसित गरेका चार आर्य सत्यहरुलाई विश्वभर कार्यान्वयनमा लैजानु पर्ने र यसको नेतृत्व नेपाली सञ्चार सस्था र माध्यमले गर्न सकेमा मात्रै विश्व शान्तिको मुहान लुम्बिनी भनेर प्रचारप्रसार गर्नुको ओैचित्य प्रमाणित हुने निष्कर्षका साथ विश्वका मिडिया हाउस, सञ्चालक तथा कार्यरत्त कर्मचारीको ध्यानाकर्षण गर्न सक्नु नै यस कृतिको विश्वस्तरीय सफलता हो । मानवका बीचमा जात, धर्म, भेषभूषा, रहनसहन, कला, साहित्य , लिङ्ग आदिलाई आधार मानेर गरिने  भेदभाव नै विश्वको प्रगतिशिलताको बाधक तत्व हुन् । 

विज्ञान र प्रविधिको क्षेत्रमा जतिसुकै नयाँ आविष्कार गरिएता पनि  ती अभियानहरुले मानवका बीचमा खस्किएको मानवतालाई सुधार गर्न नसकेमा यी सबै आविस्कार निर्थक रहनेछन् । देशको समृद्धि भौतिक पूर्वाधारको विकासमा मात्रै सम्भव नभएको यसका लागि विश्वका हरेक नागरिकहरुमा बौद्धदर्शनको सञ्चार हुनु आवश्यक छ । देशको सामाजिक आर्थिक विकास र रुपान्तरणका लागि हाम्रो सोचमा परिवर्तनको आवश्यकता छ । जुन आवश्यकीय ज्ञानका लागि बौद्धदर्शन र सञ्चार कृति पथप्रर्दशक बन्नेमा दुईमत छैन । संसारको समृद्धि र दीगो विकासका लागि विश्वमा अहिंसा र शान्तिका लागि साझा प्रतिबद्धता नभई सहकार्यका गतिविधि हुनुपर्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हतियार र शैन्यशक्तिमा विश्ववास राखि कम्जोर राष्ट्रलाई आफ्नो हितमा प्रयोग गर्ने प्रणालीको समापनका लागि यस कृतिमा समावेश गरिएको शोध निष्कर्ष संसारभर बुद्ध अनुयायी मात्र नभई सबैले बुझ्नु आवश्य छ । 

बम, गोला, बारुदबाट आक्रान्त बनेको विश्वलाई रचनात्मक तरिकाले शान्त बनाउनका लागि बौद्धदर्शनमा उल्लेखित शान्ति सिद्धान्तको अक्षरस पालना गर्न सकिएमा बौद्धदर्शन विश्व शान्तिका लागि महत्त्वपूर्ण सिद्धान्तका रुपमा  स्थापित हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।