बुटवल । राधाकृष्ण युवा क्लबको १८ औ साधारण सभा तथा ८ औ अधिवेशनबाट रिम बहादुर सारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष राज कुमार भट्टराई, उपाध्यक्ष सुमित खनाल, सचिव शंकर परियार, सह–सचिव कविता सुनार तथा कोषाध्यक्ष विश्वजित ताम्राकार चयन भएका हुन् ।
सदस्यहरुमा सन्तोष भण्डारी, दिनेश पाण्डे, शुशान्त राज पाण्डे, अमृत मल्ल, बिक्रम तिवारी, पद्मा नेपाली, संगिता रणपाल सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत बिरमान लामाले बताए । शनिबार अधिवेसनसँगै क्लबको नवनिर्मित भवनको समेत बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालबाट उद्घाटन गरेकी छन् । यसैबिच नवनिर्वाचित अध्यक्ष सारुले क्लबको गरिमालाई थप उचाईमा लग्ने र बाकी रहेका कामलाई निरन्तरता दिने प्रतिवद्धता दिए ।
प्रतिक्रिया