काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज सिरिजअन्तर्गत आज नेपालले तेस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । लगातर दुई खेलमा पराजित भएको नेपालले आज पहिलो जितको खोजीमा हुने छ भने नेदरल्याण्ड्स दोस्रो जितको खोजिमा हुने छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ः१५ देखि खेल सुरु हुने छ । नेपालले यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो भनेहिजो शनिबार भएको खेलमा पनि थाइल्याण्ड्ससँग ४ विकेटले पराजित भएको थियो । हालसम्म थाइल्याण्ड दुई खेलमा २ जितकासाथ शिर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २ खेलमा एक जित र एक हारकासाथ दोस्रो तथा दुबै खेल हारेको नेपाल पुच्छारमा रहेको छ ।
महिला टि ट्वान्टी आई वरियतामा नेपाल २० औं स्थानमा छ भने थाइल्याण्ड १३ औँ स्थानमा रहेको छ । यसैगरी नेदरल्याण्ड्स १६औं स्थानमा रहेको छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेपाली महिला टोली : इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर
प्रतिक्रिया