तिलोत्तमा। रुपन्देहीकाे तिलाेत्मामा रहेको स्काई इण्टरनेशनल कलेज एण्ड रिसर्च सेन्टरको आयोजनामा अन्तर-कलेज T-10 क्रिकेट प्रतियोगिता हुने भएको छ । भोलि माघ २० गते आइतबार देखि २८ गतेसम्म तिलाेत्माकाे नवजिबन खेल मैदान, १० नम्बर नयाँमिलमा संचालन हुने खेलमा २२ कलेजका कुल २४ टिमको सहभागिता रहने आयोजकले जनाएका छन् ।
स्काई कलेज अन्तर्गतकै नेपथ्य स्पाेर्टस हबले आयोजना गरेको यस प्रतियोगिता ९ दिनसम्म चल्नेछ । शनिबार कलेजले पत्रकार सम्मेलनको आयोजना गरी टाईसिट ड्र गर्दै प्रतियोगिता बारे जानकारी गराएकाे हो । रुपन्देही तथा रुपन्देही आसपासमा रहेका कलेजहरूका बिचमा खेलाइने यस क्रिकेट प्रतियोगिता १० ओभरको रहने खेल कलेजका प्राचार्य सञ्जीव भण्डारीले बताए ।
उनले भने,'नेपालमा लाेकप्रिय रहेको क्रिकेट खेलको बढ्दो क्रेजलाई हेरेर क्रिकेट खेलका माध्यमबाट खेल अनुशासनसँगै नव प्रतिभाहरूलाइ एउटा प्लेटफर्म प्रदान गरी उनीहरू भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्मन मद्दत पुगाेस भन्ने नै हाम्रो उद्देश्य हो '
लिग तथा नकआउट का आधारमा खेलाइने यस प्रतियोगिताको पहिलो खेल भोलि आइतबार बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । पहिलो खेल ग्रिन प्लान्ट उच्च मावि देवदह तथा क्यानन कलेज बुटवलबिच हुनेछ। प्रतियोगिताकाे विजेता टिमले नगद २५ हजार तथा उप-विजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान प्रत्येकले नगद रु ५० हजार बराबरको स्काई कलेजमा छुट प्राप्त गर्ने छन् भने टुर्नामेन्टकाे म्यान अफ दि सिरिजले स्काई कलेजमै नगद रु १ लाख बराबरकाे छुट प्राप्त गर्ने छन् ।
१० ओभरमा खेलाइने खेल टेनिस बलले खेलाइने खेल संयोजक विबस पाण्डेले बताए । खेलको चिट्ठा थुत्ने र टाई सिटको ड्र भर्चुअल प्रविधिबाट लाइभ गरिएको थियो।
प्रतिक्रिया