ताजा अपडेट »

महाकुम्भ मेलाबाट फर्किँएको स्कार्पियो दुर्घटना : ५ नेपालीको मृत्यु, ४ घाईते

शनिबार, १९ माघ २०८१, २२ : ४५
98 Shares
शनिबार, १९ माघ २०८१
98 Shares

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको लाइभहिन्दुस्थान डटकमले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।