ताजा अपडेट »

प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

शनिबार, १९ माघ २०८१, १९ : ५४
86 Shares
शनिबार, १९ माघ २०८१
86 Shares

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन चार दिनपछि सरेको छ । यसअघि माघ २४ गतेका लागि अधिवेशन तय गरिएकोमा प्राविधिक कारणवश माघ २८ गतेका लागि अधिवेशन गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार गरी दुईवटा पुरस्कार वितरण गरिनेछ । त्यस्तै संस्थाको कल्याणकारी कोषमा २५ हजारदेखि माथि सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए ।

जिल्ला अधिवेशनको अवसरमा चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने अध्यक्ष पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।