बुटवल । लाफा समुह बुटबलले आयोजना गरेको आठौँ लाफा मेयर कप ब्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फको उपाधी कास्कीका विधान अधिकारी र पविन लिथेकले जितेका छन् ।
उनीहरूले आयोजक लाफा समुहका बलराम क्षेत्री र बिबेक न्यौपानेको टिमलाई सोझो सेटमा हराउँदै उपाधी हात पारेका हुन् । जीतसँगै विधान र पविनले नगद ८० हजार कप मेडल हात पारेका छन् भने उपविजेता बनेको लाफा समुहका बिबेक र बलरामले ५० हजार कप मेडलमा चित बुझाएका छन् ।
त्यस्तै तेस्रो स्थानमा लाफाका बिनोद पौडेल, अरबि क्षीपाली जोडी र सुजन थापा, राम मल्ल ठकुरी धादिङले तेस्रो पुरस्कार हात पारेको हुन्। त्यसैगी भेट्रान्स तर्फ भएको फाईनल खेलमा तनँहुका केवल न्यौपाने र मानबहादुर रानाको जोडीले उपाधी जितेका छन् ।
उनीहरूले कास्कीका सम्भु श्रेष्ठ र राजेन्द्र वाग्लेलाई हराउदै नगद रू ३० हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन् भने उपविजेता बनेका राजेन्द्र र सम्भुले नगद २० हजार कप मेडल हात पारेका छन् । तेस्रो स्थानका बुटबल ब्याडमिटन क्लबका गोपाल टन्डन र अशोक प्रधानको टिम र बुटबल ब्याडमिटन क्लबका पंकज ज्ञवाली र दिलीप गौचनले जिते ।
यस्तै भुपु तफको प्रतियोगितामा चितवनका बेल ळीष र कुसल गुरूङले उपाधी हात पारे । उनीहरूले नगद ३० हजार कप मेडल हात पारेक थिए । चितवनका कै योबहादुर गुरूङ र लोसन तामाङले उपविजेता बन्न सफल भए । प्रतियोगितामा पाल्पाका खेम सारू डम्बर राना र पुरन घर्ती र थंक सुयबशी तेस्रो भए ।
सुपर भेट्रान्स तर्फ बुटबलका राजु गुरूङ र सुदिप योजनले उपाधी जिते । उनीहरूले ३० हजार नगद कप मेडल प्रमाणपत्र हात पारे । ३० ओभर के खेलमा कास्कीका विशाल खडका र सुरज महजनको जोडीले उपाधी जिते । उनीहरूले नगद ३० हजार कप मेडल हात पारेको क्लबका अध्यक्ष बबिन थापाले बताए ।
प्रतियोगितामा उत्कृष्ट कास्कीका विधान अधिकारी हुन सफल भए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालाका नगर प्रमुख खेलरा,ज पाण्डेय बुटबल ८ का वडा अध्यक्ष यज्ञ पंगेनी, कानुनी सल्लाहकार कृष्ण रोका, वरिष्ठ उपाध्यक्ष ज्ञानु सारू र सचिव टिप राना लगायतले बोलेका थिए ।
प्रतिक्रिया