बुटवल । बुटवलका युवाहरूले सामाजिक काम गर्ने उद्धेश्य लिएर गठन गरेको हविल अफ लुम्बिनीले शनिवार देवदह नगरपालिका १० मा रहेको अल केयर नेपालमा औषधी तथा नगद सहयोग गरेको छ ।
युवाहरूले पनि समाजमा केही योगदान गर्न सक्छन भने उद्धेश्यले सडकमा छाडा छोडीएका कुकुरहरू उपचार गर्दै आएको संस्थालाई नगद ७० हजार बढी सहयोग गरेको हविल अफ लुम्बिनीका अध्यक्ष रोहित रायमाझीले बताए ।
पछिल्लो समय बजारमा युवाहरूले चढीरहेका मोटरहरूलाई हेरेर गलत मनस्थिती बनिरहेको भन्दै कलेज पढने विद्यार्थी विभिन्न व्यवासय गर्ने युवाहरू मिलेर सहयोग गरेको रायमाझीको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले युवाहरू समाजका हरेका सामाजिक कार्यहरूमा जुटनु जरूरी रहेको बताए ।
युवाहरूले नै समाज परिर्वतन गर्ने भुमिका खेल्न सक्ने भन्दै उपाध्यक्ष ढकालले भने गलत भएका कामहरूलाई सच्चाउदै समाज सुधारसँगै सामाजिक कार्यहरूमा जुटने बोला आएको बताए । अल क्यर सेन्टर देबदह चरङेका अध्यक्ष दिपक रिजालले निजी लगानीमा बेवारिसे कुकुरको उपचार संरक्षण सुरू गरिएको बताए । अस्पतालको निमार्ण अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष रिजालले भने हाल संस्थामा ५० भन्दा बढी छाडा कुकुरको उपचार र बन्धायाकरण गर्ने गरी काम अगाडी बढीरहेको बताए ।
संस्थाले दुर्घटनामा परेका लावारिसे कुकुरहरूलाई समाउने ल्याएर उपचार गरेर निको भएपछि स्थानमा लगेर छाडने गरिएको बताए । भवन निमार्णको चरणमा रहेको कसैले सहयोग नआईरहेको अवस्थामा हविल अफ लुम्बिनीले केही भए पनि सहयोग गरेकोमा धन्यवाद दिँदै आउने दिनहरूमा थप सहयोगको अपेक्षा रहेको बताए । युवा नेता सुजन थकालीले युवाहरूले समाजमा हुने गलत कामको रोकथाम र राम्रो कामको प्रमोशन गर्नु जरूरी रहेको बताए ।
मोटरसाईकल र्याली बुटबलको विभिन्न ठाउँको परिक्रमा गरी चरङे पुगेर समापन भएको थियो।
प्रतिक्रिया