बुटवल । समाजवादी कम्युनिष्ट पार्टी नेपालले नेपालमा नयाँ खालको जनक्रान्तिको आवश्यकता रहेको बताउँदै उक्त क्रान्तिको तयारीमा लागेको बताएको छ। रुपन्देहीमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पार्टीका महासचिव पूर्णबहादुर सिंह समरजंगले नेपालमा जनक्रान्तिको आवश्यकता महशुस गरिएको भन्दै आफुहरु उक्त क्रान्तिको तयारीमा लागेको बताए।
महासचिव समरजंगले मुलुकमा भएको नवऔपनिवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाका कारण श्रमिक उत्पीडित जनताको अवस्था अत्यन्त सङ्गीन अवस्थामा पुगेको बताए। महासचिव समरजंगले साम्राज्यवादी मुलुकहरुको चौतर्फी राजनीतिक, आर्थिक, सांस्कृक्तिकलगायत उत्पीडन, दोहन र उनीहरुसँग दनाल सत्ताले गरेका घातक सम्झौताहरुका कारण राष्ट्रियता सङ्कटमा पर्दै गएको दावी गरे।
उनले महंगी, बेरोजगारी, वित्तीय शोषण, मैङ्गिक, जातीय, आर्थिकलगायत उत्पीडनका कारण जनजीविका झन्झन् सङ्कटमा पर्दै गएको उल्लेख गर्दै युवा, प्रतिभा र पुंजीको पलायन डरलाग्दो ढङ्गले बढिरहेको बताए। माघ १६ र १७ गते सम्पन्न सम्मेलनले राजनीतिक आन्दोलन र क्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याउने कार्ययोजना तयार गरेको र सोही अनुसार अगाडी बढने उनको भनाई छ।
सम्मेलनले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशा पारित गर्दै जनतामा जाऔं जनताको सेवा गरौं नाराका साथ मेची महाकाली तीनमहिने जनअभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।
प्रतिक्रिया