बुटवल । राधाकृष्ण युवा क्लबको १८ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिवेसनसँगै क्लबको नवनिर्मित भवनको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरेकी छन् ।
सामाजिक विकासमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले युवाहरुलाई कुलतबाट बचाउनका लागि खेल र सामाजिक क्षेत्रमा अग्रसर गराउन क्लबको महत्पूर्ण योगदान रहेको उल्लेख गरिन् । अन्य क्लबसमेत राधाकृष्णको कामलाई अनुसरण गर्न आग्रह गरिन । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल यातायात संघका रबिन्द्रमान श्रेष्ठ, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, लुम्बिनी फलफुल तथा तरकारी ब्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल, क्लबका सल्लाहकार बिरमान लामा, विष्णु पुरी, यादव गैरे, परियार समाजका अध्यक्ष लोक बहादुर परियार तथा कृष्ण पोखरेल लगायतले बोल्दै युवा सशक्तिकरणको अभियानलाई राधाकृष्ण क्लबबाट अप्नाएको भूमिकालाई मुल्यांकन गरि स्थानीय पालिका लाग्न सके नगरमा युवाहरुको दिशानिर्देश हुने बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष यम बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबलाई भौतिक र संस्थागत विकास गर्ने गरि काम गर्दै आएको बताए । आफ्नै भवनसहित युवाहरुलाई विभिन्न तालिम, अभिमुखिकरण कार्यक्रम गर्दै आएको उनले बताए । समुदायमा कलासंस्कृति जगेर्ना र क्लबका सदस्यहरुलाई नृत्य प्रशिक्षण र प्रतिभाप्रस्फुटनका कार्यक्रम गर्दै आएको उनले बताए । क्लबको आम्दानी सुनिश्चितता गर्न भवनलाई उपयोग गरिने उल्लेख गर्दै उनले शारीरिक ब्यायामशाला संचालन गरि कुलतमा युवाहरुलाई लाग्न रोक्ने लक्ष्य रहेको बताए ।
स्थानीय पालिका, सहयोगदाताहरुको सहयोगमा बहुउद्देश्यीय दुईतला भवन निर्माण गरिएको जानकारी गराउँदै अध्यक्ष बरालले जहाँ समुदायका युवाहरुको स्वस्थ्यसँग जोडेर फिटनेशको अवधारणा अघि बढाएको उल्लेख गरे । पालिकाको सहयोगमा शारिरिक सुगठनका सामग्रीहरु भित्राएर युवाहरुलाई उपयोगी हुने गरि केन्द्र बनाउने उनले बताए । कार्यक्रममा क्लबका उपाध्यक्ष रिम बहादुर सारु, क्लबका सचिव राजकुमार भट्टराईले भवनको जग्गा प्राप्तिमा योगदान दिएका स्वर्गीय राजकुमार लामाप्रति स्मरण गर्दै क्लबका संस्थापक केशव बरालदेखि पुर्व अध्यक्षहरु अनिल गुरुङ, दुर्गा गुरुङ तथा राजु क्षेत्री लगायतको योगदानबारे प्रकाश पारे ।
प्रतिक्रिया