ताजा अपडेट »

ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

शनिबार, १९ माघ २०८१, १६ : ५२
20 Shares
शनिबार, १९ माघ २०८१
20 Shares



जुम्ला ।  जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ ।

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन् ।

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।