ताजा अपडेट »
बालीका हत्या प्रकरण

गाडिएको अवस्थामा बालिकाको शव फेला, हजुरबुबासहित परिवारका ६ सदस्य पक्राउ

परीवारकै संलगनतामा हत्या भएकाे आशंका

शुक्रबार, १८ माघ २०८१, २३ : ०३
8 Shares
शुक्रबार, १८ माघ २०८१
8 Shares

विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चोकस्थित मामाघर आएकी एक बालिकाको हत्या गरी शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ । भारतीय राज्य बिहारकाे छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवकाे शव प्रहरीले मामा घरकै नजीकैकाे जमीनमा खाल्बडाे खनी गाडीएकाे अवस्थामा बरामद गरेकाे हाे । चादनी आफ्ना बाबुआमासँगै करिब एक महिनाअघि मामाघर आएकी थिइन् ।

ससुरालीअलिक समय बसेका मृतक बालिकाका बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवले चाँदनीलाई विराटनगर मामा घरमै राखेका थिए । बाबुआमाले मामाघरमै छाडेर विहार फर्कीएछि चाँदनी अचानक बेपत्ता भएकी थिइन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मामाघर आएकी बालिकालाई छिमेकीहरूले पनि राम्ररी चिन्दथे । करिब १० दिनदेखि उनलाई त्यस ठाउमा नदेखिएको र गाउँमा बालिका हराएको हल्ला चलेपछि छिमेकीले शुक्रबार बिहान प्रहरीलाइ  जानकारी गराए । त्यसलगत्तै डीएसपी जोशी नेतृत्वको टोलीले चाँदनीको मामाघरमा खानतलासी गर्दै सोधपुछ थाल्यो ।

अनुसन्धानकै क्रममा मावली हजुरबुवा सरजुग मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर साेधपुछ गर्दा मन्डलले नातिनी यसअघि नै भारतस्थित घर गइसकेको बताएका थिए । प्रहरीले  भारतको छपरामा रहेका मृतकका बाबुआमासँग ‘वाट्सएप’मार्फत सम्पर्क गरी साेधपुछ गदार् बाबु लालमोहन र आमा राजकुमारीले छोरी चाँदनी मावलीमै रहेको प्रतिक्रिया दिए।

‘दुई पक्षको कुरा बाझिएपछि घटना झन् शंकास्पद बन्यो । प्रहरीले अनुसन्धानलाइ थप सुक्षम बनायाे । सोधुपछ गर्दै गएपछि भारत मा रहेका बाबुआमाले छोरी आफूहरूसँगै रहेको भनेर कुरा फेर्न थाले,’ डीएसपी जोशीले भने, ‘आमाले त मेरो छोरीका बारेमा तपाईंहरूलाई किन चासो पर्योसमेत भनिन् । निर्धक्कसाथ बोलिरहेका हजुरबुवाले वास्तविक कुरा के हाे खुलाउनै चाहेनन् । हजुरबुबा सरजुगले केही थाहा नपाएजस्तो व्यवहार देखाए ।

मावली हजुरबुवा र बाबुआमाको कुरा बाझिएपछि प्रहरी चाँदनीको हत्या भइसकेको निष्कर्षमा पुगेको थियो । अनुसन्धानकै क्ममा प्रहरीले  घर आसपासमा निगरानी बढायो । घरदेखि एक सय २५ फिट दक्षिणतर्फको आँप र अम्बाको रूख मात्रै भएको जमिनमा केही समयअघि मात्रै खनेजस्तो देखिने आलो माटो देखियाे जसलाई वरपर तोरीको गट्टेले छोपिएको थियो ।

Untitled-2

उक्त ठाउँमानै उत्खनन गर्दा चाँदनीको शव फेला परेको डीएसपी जोशीले बताए । ‘भर्खरै खनेको खाल्डो देखियो  जसलाई माटोले पुरेर माथिबाट आलो गोबर थुपारिएको रहेछ । त्यसलाई तोरीको गट्टेले माथीबाट छोपिएको थियो । सबै हटाएर हेर्दा बालिकाको शव फेला पर्यो,’ उनले भने ।

उनका अनुसार चार फिट गहिरो खाल्डोमा घोप्टो पारेर सुताएको कपडासहितको शव फेला परेको हो । ‘मावली हजुरबुबाले कुरा लुकाए’ उनले भने, ‘तर, सुक्ष्म अनुसन्धान गर्ने क्रममा गाडेको शव पत्ता लगाइयो ।’ शव सडेर दुर्गन्धित भइसकेको अवस्थामा थियो। उत्खनन गर्दै प्रहरीले खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । ‘चाँदनीको हत्या कहिले, कसरी र को को मिलेर गरेका हुन् भन्ने यकिन भइसकेको भने छैन । विभिन्न कोणबाट प्रहरीकाे अनुसन्धान जारी छ,’ डीएसपी जोशीले भने ।

प्रहरी स्रोतका अनुसार मावली हजुरबुवा र उनका परिवार तथा बालिकाकै बाबुआमाको मिलेमतोमा हत्या भएको हुनसक्छ । प्रहरीले सोधीखोजी गर्दा वास्तै नगर्नुले बाबु र आमाको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ । यद्यपि, अनुसन्धान सकिए पछि यकिन हुने जोशीले बताए ।

‘बालिकाको शव फेला परेपनि बाबुआमा, मावली हजुरबुवासहित परिवारका अन्य सदस्यले समेत शंकास्पद व्यवहार देखाइरहेका छन् । कसैको पनि कुरा मेल खादैन । उनीहरूकाे बोली नै एकअर्कामा बाझिन्छ । सुरूमा पनि कुरा नै बाझिएकैले घटना पत्ता लागेको  डिएसपी जोशीले बताए ।

घटनापछि चाँदनीका मामली हजुरबुवा सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, रामबाबु मण्डल, छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानअगाडी बढाएकाे छ । बतासीबाहेक अरू सबै जना एउटै घरमा बस्दथे । उनको घर भने सरजुगको  घर नजिकै रहेकाे छ ।

हत्या गरिएकी चाँदनीको भारतमै एक व्यक्तिसँग प्रेम सम्बन्ध रहेकाे बताइकाे छ । ती व्यक्तिसँग छुटाउन उनलाई उनका  बाबुआमाले मामाघर ल्याएको जानकारी प्रहरीले पाएको छ । मामाघर ल्याउनुको उद्देश्य झारफुक गरी उनीहरूकाे प्रेम सम्वन्ध छुटाउनु रहेकाे 
अनुसन्धानले देखाएकाे छ । चाँदनीका मावली हजुरबुवा सरजुग गाउँमा धामी झाँक्रीको काम गर्छन् ।

‘चाँदनीलाई प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट छुटाउन मामाघर ल्याउने र धामी लगाउने योजना रहेछ । योजनाअनुसार नै बाबुआमाले मामाघर लिएर आएकाेदेखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘बाबुआमा पनि निक्कै दिन बिराटनगरमै बसेर घर फर्किएको पाइयो । तर चाँदनीको मामाघरमै हत्या गरेर गाडेको अवस्थामा शव भेटियो ।’

मृतक बालिकाका दाजु बबिदेवल मण्डल (ठूलीआमाको छोरा)का अनुसार चाँदनी एक महिनाअघि मामा घर आएकी हुन । एक साताअघि सालोको बिहेमा ससुराली गएका उनी दुई दिनअघि फर्किएर बहिनीका बारेमा सोधीखोजी गरेको बताउँछन् ।

‘बहिनी खै ? भनेर सोध्दा, उसकै घर गयो भन्ने जवाफ मलाई दिए । घर गएको होला भनेर मैले खासै वास्ता गरिन । ’बबिदेवल भन्छन्, ‘उता (भारतमा) एउटा केटासँग उसकाे ‘लभ’ चल्दैथियो त्यही छुटाउनका लागि यता ल्याइएको हो । अहिले हत्या गरेर गाडेको अवस्थामा शव भेटियो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।