ताजा अपडेट »

त्रिकोणत्मक टी-२० आई सिरिज : नेपालले आज थाइल्याण्डसँग खेल्दै

शनिबार, १९ माघ २०८१, ०५ : ०१
56 Shares
शनिबार, १९ माघ २०८१
56 Shares

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज सिरिजअन्तर्गत आज नेपालले दोस्रो खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ १५ देखि सुरु हुने प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुने छ भने थाइल्याण्ड लगातार दोस्रो जितको प्रयासमा हुने छ । 

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई पराजित गरेको थियो । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २० औं स्थानमा छ भने थाइल्याण्ड १३ औँ स्थानमा रहेको छ । यसैगरी नेदरल्याण्ड्स १६औं स्थानमा रहेको छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोली : इन्दु बर्मा९कप्तान०, बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।