ताजा अपडेट »

सरकार आफ्नै छाँयाबाट डराइरहेको छः सिहं

शुक्रबार, १८ माघ २०८१, २२ : ४७
20 Shares
शुक्रबार, १८ माघ २०८१
20 Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको बैठक पश्चात संचारकर्मीहरुसँग बोल्दै उनले कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको बताएका हुन् । 

उनले भने, ‘अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको छ । कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो न्यायधीशहरु कार्यकर्ता भर्ती गरेको छ । त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको छ । 

आजको दिनमा नेपालको लोकतन्त्र धानेको नै सामाजिक सञ्जाल, युटुब र सानो मिडियाले हो । ठुला मिडिया त आफ्नो इन्टे«समा सरकारसँग बारग्रेनिङ गर्छ र आफ्नो इन्टे«स पुरा भएपछि चुप लगाउछ । तर सामाजिक सञ्जालहरु मार्फत जुनसुकै नेपाली होस् देशमा या विदेशमा बसेर सरकारको नियमन गरिरहेको हुन्छ ।

सरकारले आफ्नै काम कर्तुतले सामाजिक सञ्जाल विधेयक ल्यायो । आखिर २६ करोड ऋण के को लागी ? सरकारले भन्नु पर्यो नि २६ करोडले यो विकास गरे, यती रोजगारी बढ्यो, आर्थिक गतिविधि यति बढ्यो त्यो त छैन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।