बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु नपर्ने बताएका छन् । न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताए ।
‘म विद्यार्थीहरुलाई भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु पर्दैन’–उनले भने, ‘आफ्नै देशको भूमिमा अवसरहरुको सृजना गर्न, नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु छन । देशलाई तपाईहरुको योगदानको खाँचो छ ।’ लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको समेत बताए । ‘समग्र शिक्षाको गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खोज, अनुसन्धानको विधिको माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ ।’ उनले भने, ‘एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।’ प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेको, सरकारको एकल प्रयासले मात्रै शिक्षा क्षेत्रको विकासलाइ अघि बढाउन नसक्ने, निजी क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको समेत चर्चा गरे । प्रदेश सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे ।
न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको, लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने, विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै विद्यालयबाट २०५६ सालको एसएलसी परीक्षामा नेपाल प्रथम हुन सफल हाल न्यूरोलोजिष्ट डा. मनोज बोहोराले विद्यार्थीलाई स्वदेशमै बसेर देशको सेवामा समर्पित हुन आह्वान गरेका थिए । आफ्नो अध्ययन यात्रा तथा विदेश प्राप्त अनुभव सुनाउँदै उनले नेपालमै अवसरको खोजी गर्नुपर्नेमा जोड दिए । वि.सं. २०५६ सालदेखि २०८१ सम्म आइपुग्दा विद्यालयले सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको सो अवसरमा जानकारी गराइएको थियो । यसैगरी विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक, कर्मचारी तथा सञ्चालकहरुलाई समेत सम्मान गरिएको थियो । क
प्रतिक्रिया