ताजा अपडेट »

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे

शुक्रबार, १८ माघ २०८१, १६ : ४४
26 Shares
शुक्रबार, १८ माघ २०८१
26 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गरे । अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो । 

“सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ । तर केही दिनमा संसद् अधिवेशन सुरु हुँदैछ भन्ने जानीजानी अध्यादेश ल्याइएको छ”, उनले भने, “अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछ । अध्यादेशमा छलफल गर्ने ठाउँ छैन, संशोधन आवश्यक छैन भन्ने शैलीमा सांसदहरुलाई डोर्याउँछ ।”

सांसद पाण्डेले दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने बताए । सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको पनि उनको दाबी थियो । “आर्थिक सुधार भएको छैन । बेरोजगारी दर घटेको छैन । युवाहरु विदेशिनेक्रम रोकिएको छैन । गाउँहरु खाली भएका छन् । त्यसोभए सरकारले गरेका उपलब्धी के हुन् रु”, उनले प्रश्न गरे ।

त्यस्तै, सबै निर्वाचन क्षेत्रका लागि रणनीतिक सडक निर्माण र सबै पालिकामा स्वास्थ्यचौकी निर्माणको कार्य निकै सुस्त रहेको पाण्डेले बताए । बूढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्रताका साथ अघि बढाउन पनि उनले माग राखे । कृषिमा आत्मनिर्भर हुने कुरामा सरकारको ध्यान जान नसकेको समेत उनको भनाइ छ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।