ताजा अपडेट »

थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

शुक्रबार, १८ माघ २०८१, १६ : २२
10 Shares
शुक्रबार, १८ माघ २०८१
10 Shares

काठमाडौं । राजधानीमा जारी  त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग  नेदरल्यान्ड्स पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको  थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका लागि  नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् । त्यस्तै  आरिस विलिङले २८ रन जोडिन् । बलिङमा थाइल्यान्डकी पुत्थावोङले दुई विकेट लिइन् । उक्त सिरिजको तेस्रो खेलमा भोलि शनिबार नेपाल र थाइल्यान्डबीच  प्रतिस्पर्धा हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।