ताजा अपडेट »

सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छः प्रमुख सचेतक पाण्डे

शुक्रबार, १८ माघ २०८१, १५ : ५६
12 Shares
शुक्रबार, १८ माघ २०८१
12 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको बताए । 

उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक छ । तर भुटानी शरणार्थी लगायत जतिपनि काण्ड भइरहेको छन् । तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन् रुबोल्ने कुरा होईन् । जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुपर्यो । सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन् । सरकार त सत्ता पक्ष विपक्षलाई काखा र पाखा पनि गरिहेको छ । सरकार सबैको हो । सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ । ’

उनले छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको त्यो बेठिक भएको बताएका छन् । सरकारले संसदलाई मिनिमाइज गरेर संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजान खोजिरहेको उनको भनाई छ । 

उनले भने,‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ ।त्यो बेठिक भएको छ । सरकार अहिले संसदलाई मिनिमाइज गर्ने संसदबाट सबैलाई लिएर हिड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम खर्न खोजिरहेको छ । यो बेठिक भएको छ ।’  उनले सरकारले जनताको दुखलाई अन्देखा गरेको पनि बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।