ताजा अपडेट »

ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन :  प्रधानमन्त्री

शुक्रबार, १८ माघ २०८१, १४ : ३५
30 Shares
शुक्रबार, १८ माघ २०८१
30 Shares

काठमाडौं   । प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  विपक्षी  दलहरु सरकार  ढलाउनमा लागेको बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् ।

उनले  भने, ‘विपक्षमा रहिरहेका  साथीहरु एउटा कुरामा आफ्नो  समय व्यर्थै खेर फालेजस्तो  लागिरहेको  छ । सरकार ढल्छ, ढल्नै  लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी । एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले  गाएको सुन्छु–ढल्यो ढल्यो  ढल्यो... आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो ..... यो  गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् ।’

साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए । उनले दिनरात सरकार  ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।