ताजा अपडेट »

रास्वपा सांसदकाे अवराेधबीचमै सभामुखले अघि बढाए बैठक

शुक्रबार, १८ माघ २०८१, १३ : ४१
24 Shares
शुक्रबार, १८ माघ २०८१
24 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद उभिएरै बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार बैठक अघि बढाएका छन् ।

सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि रास्वपाका सांसद नबसेपछि बस्नका लागि आदेश समेत दिइसकेका छन् ।

सभामुखको आदेश समेत नमानेपछि कार्यसूची अनुसार बैठक अघि बढाएका हुन् । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।तर, रास्वपाका सांसदले भने उभिएरै बिरोध जनाइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।