ताजा अपडेट »

बुटवलका अपाङ्ग दृष्टिविहिन अनाथलाई खाद्यान्न सहयोग

शुक्रबार, १८ माघ २०८१, १० : ४८
180 Shares
शुक्रबार, १८ माघ २०८१
180 Shares

 

बुटवल  । प्रस्तावित गौतम बुद्ध मानव सेवा केन्द्र बुटवल रुपन्देहीले दृष्टिबिहिन असक्त तथा असाहाय व्यक्तिहरुलाई खाद्यान्न बितरण गरेको छ ।

बुटवल १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमका प्रमुख लिलाराम रोका मगर र बुटवल १३ बेलवास जवईमा रहेको रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्रका प्रमुख पदम बहादुर नेपाली मार्फत त्यहाँ रहेका ६० जना आश्रितलाई खाद्यान्न सहयोग हस्तान्तरण गरिएको गौतम बुद्ध मानव सेवा केन्द्रका संयोजक बिक्रम तिवारीले जानकारी दिए।  

संस्थापक सदस्य गणेस अर्यालले आफना पिताको स्मृतीमा केन्द्रलाई उपलव्ध गराउनु भएको खाद्यान्न आश्रममा आश्रित दृष्टिविहिन असक्तहरुलाई हस्तान्तरण गरिएको हो ।

मानव सेवा नै सर्बोत्तम सेवा भएकाले असाहाय तथा अनाथहरुलाई सहयोग गरेर केन्द्रले पुण्य कर्म गरेको स्थानीय अभियन्ता शालिकराम घिमिरेले बताए । 

यो संस्थाले यसअघि जाडोको समयमा पुराना तथा नयाँ कपडा संकलन गरेर असक्त असाहाय तथा दृष्टिविहिन व्यक्तिहरुलाई वितरण गरेको संयोजक तिवारीले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।