ताजा अपडेट »

महिला टी-२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

शुक्रबार, १८ माघ २०८१, ०८ : ०९
46 Shares
शुक्रबार, १८ माघ २०८१
46 Shares

काठमाडौं ।  बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । 

बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ । टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो । पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो। आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन् ।  अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।