ताजा अपडेट »

नेपालमै पहिलो पटक नि:शुल्क ज्योतिष शिविर सम्पन्न

शुक्रबार, १८ माघ २०८१, ०५ : ००
2 Shares
शुक्रबार, १८ माघ २०८१
2 Shares

कपिलवस्तु । विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशको आयोजना तथा श्री शनिदेव मन्दिर ज्योतिष विज्ञान अनुसन्धान केन्द्र कपिलवस्तुको संयोजनमा बुद्धभूमि नगरपालिका १, वीरपुर स्थित शनिदेव मन्दिरको प्राङ्गणमा माघ १७  गते बिहीबार  निःशुल्क ज्योतिष, हस्तरेखा, वास्तु र तन्त्र सम्बन्धी शिविर सम्पन्न भएको छ |

f93fd3ec-df32-435a-b748-83dcb0022694

नेपालमै पहिलो पटक आयोजना गरिएको यस शिविरमा विश्व ज्योतिष महासङ्घका लुम्बिनी प्रदेश सभापति ज्यो.जनार्दन न्यौपानेको नेतृत्वमा ज्योतिष मनोहर घिमिरे,हरि पाण्डे,वासुदेव मरासिनी,खेमराज भण्डारी,लक्ष्मीनारायण सुबेदी,शिवहरि मरासिनी,प्रकाश भट्टराई,हस्तरेखा एवं तन्त्रविद् खिमप्रसाद पोडेल,कुरेश पाण्डे लगायतले परामर्श दिएका थिए |

1

माघ २१ गतेदेखि २९ गतेसम्म नेपालमै पहिलाे पटक आयोजना गर्न लागिएको नव दिवसीय नवग्रह अनुष्ठान तथा धान्यान्चल श्रीमद् भागवत ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आयोजित शिविरमा सो धामका प्रमुख संरक्षक पीठाधीश बाबा योगीराज, धामका अध्यक्ष पशुपति अर्याल लगायतले यस प्रकारको कार्यक्रम अहिले सम्म नसुनेको नदेखेको तर आफ्नै क्षेत्रमा यस प्रकारको शिविर सञ्चालन गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । 

शिविरले सबै क्षेत्र,वर्ग र समुदायलाई समेटेकोले सनातन धर्मको रक्षा तथा संरक्षणमा ठुलो योगदान पुर्‍याउने वक्ताहरूले बताए | शिविरमा कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट २०० सय भन्दा धेरै सेवाग्राहीले नि:शुल्क ज्योतिष शिविरबाट लाभ लिएका थिए |

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।