ताजा अपडेट »

डा.नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड

विहीबार, १७ माघ २०८१, २१ : ३६
16.61K Shares
विहीबार, १७ माघ २०८१
16.61K Shares

बुटवल । बुटवलका फिजिसियन डा.नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रमको अवसरमा डा. पाठकलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।

जेसिजले डा.पाठकलाई मेडिकल हिरो अवार्ड सहित सम्मान गरेको हो । उनले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्ष चिकित्सा विधामा चिकित्सा नायक पुरस्कार (मेडिकल हिरो अवार्ड) बाट सम्मान गरेको जनाएको छ ।

डा. पाठकलाई तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेल, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अवार्ड सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।