ताजा अपडेट »

योजना छनोट र कार्यान्वयनमा देखिएको विकृति रोक्न निर्मम निर्णय : मुख्यमन्त्री आचार्य

विहीबार, १७ माघ २०८१, १६ : १०
50 Shares
विहीबार, १७ माघ २०८१
50 Shares

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्यवनमा देखिएको विकृतिलाइ अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको बताएका छन् ।  

कपिलवस्तु स्थित आनन्द नगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँच लाख भन्दा माथिका योजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पारे । ‘उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको छ’ उनले भने ‘सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ ।’ सुशासन कायम गर्न भ्रष्टाचार बिरुद्धको अभियानलाई प्राथमिकतामा राखेको बताए ।

यस्तै संघीयतालाइ बलियो र स्थापित गर्न तिन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरि अघि बढ्नुनै आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले बताए । एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो ।

एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बावुराम खनालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भवन शिलान्यास कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, एमाले कपिलवस्तु जिल्ला इञ्चार्ज गिरिधारीलाल न्यौपाने लगायतले सम्बोधन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।