काठमाडौँ । नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टीर २० शृंखलामा बिहीबार नेपाललाई २० रनले पराजित गरेको छ । १ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो ।
नेपालबाट सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । उनले ४५ बल खेली ३ चौका प्रहार गरिन् । कविता जोशीले १७ बल खेली १ चौका र २ छक्कासहित २७, पूजा महतोले १४ बलमा समान २ चौका र छक्कासहित २४, रुविना क्षेत्रीले ११ रन बनाइन् । सम्झना खड्का ९, कप्तान इन्दु वर्मा ७, कविता कुँवर ८ रनमा आउट भइन् ।
विन्दु रावल ३ र डेब्यु गरिरहेकी अलिशा यादव ४ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट इभा लिन्चले ४ ओभरमा ३० र क्यारोलिन डी लाङ्गेले ४ ओभरमा ३६ रन खर्चेर २–२ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो ।
प्रतिक्रिया