बुटवल । बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्चुअल स्कूलमा बिहीबार निशुल्क स्वास्थ्य परिक्षण सहित खाना महोत्सव खेलकुद गरिएको छ ।
स्कुलका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका नाक कान तथा घाटीरोग बिभागका प्रमुख डा. बिष्णु शर्माको नेतुत्वमा गरिएको निःशुल्क परिक्षणमा तिलोत्तमा हस्पिटल बुटवलका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.मोहनलाल तिवारी, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालबिषेशज्ञ डा. नेत्र बहादुर राना , कन्सलटेन्ट फिजिसियन डा.सागर पौडेल,नाक कान घाटी रोग विशेषज्ञ डा.सबिता अर्यालले अभिभावक र विद्यार्थीहरुको परिक्षण गरेका थिए ।
बिहिवार नै कक्षा ६ देखी ९ कक्षासम्मका विद्यार्थीहरुले खाना महोत्सव गरेका थिए ।महोत्सवमा विद्यार्थीहरुले परम्परागत नेपाली खानाका प्रकारहरु बनाएर अभिभावकहरुलाई खुवाएका थिए।विद्यार्थीहरुले बनाएका परिकार अभिभावकहरुले रुचाएका थिए । सोही महोत्सवमा कक्षा ५ का विद्यार्थीहरुले फलफुल र तरकारीका गेडागुडीहरु को स्टल राखेर खरिदबिक्री गरेका थिए ।
स्वास्थ परिक्षण र खाना महोत्सवसंगै तेस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्बजनिक गरिएको थियो ।
प्रतिक्रिया