ताजा अपडेट »

चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्छः प्रदेश प्रमुख

विहीबार, १७ माघ २०८१, १४ : ५०
14 Shares
विहीबार, १७ माघ २०८१
14 Shares

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चाडपर्व र संस्कृतिले नेपालीबीचको एकतालाई अझ सुदृढ गर्ने बताएका छन् । 

तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुर्ने बताए ।

यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान पुर्याएकाे सन्देशमा उल्लेख गरिएको छ ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिनमा मनाइन्छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको सन्देशमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।