काठमाडौं । नेपाल सांस्कृतिक महासङ्घको आयोजनामा देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुने भएको छ । सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली कांग्रेसले गरेको क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका जनतासमक्ष पुर्याउन अभियानको सुरुआत गर्न लागिएको बताए ।
उनले भने, “हामी भ्रातृसङ्गठन भएका हिसाबले सांस्कृतिक अभियानमार्फत कांग्रेसले गरेको कामबारे जानकारी दिने अभियानमा छौँ । नेपालको परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई पनि हामी प्रस्ट्याउने छौँ । जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासङ्घले यो अभियान सुरु गरेको छ ।”
अध्यक्ष थापाले माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उद्घाटन भई सो अभियानको सुरुआत हुने जानकारी दिए ।
महासङ्घका महामन्त्री शिवशङ्कर रिजालले पहिलोचरणमा सातै प्रदेशको हरेक जिल्लामा कार्यक्रम हुने जानकारी दिए । उनले भने, “जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साथै यो अभियानमार्फत स्थानीय कला र संस्कृतिको प्रवर्द्धन पनि हुनेछ ।”
लोक गायक विमलबहादुर क्षेत्रीको सो अभियानमा नेतृत्वदायी भूमिका हुने महासङ्ले जनाएको छ ।
प्रतिक्रिया