ताजा अपडेट »

एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पुर्याउँछ : मुख्यमन्त्री कार्की

विहीबार, १७ माघ २०८१, १२ : ४३
16 Shares
विहीबार, १७ माघ २०८१
16 Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सबै धर्म, संस्कृति समुदायबीचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताएका  छन् ।

मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१  को अवसरमा आज शुभकामना दिँदै नेपाली बीचको एकता र सद्भाव बढाउन हाम्रा चाडपर्वले सहयोग पु–याउने विश्वास व्यक्त गरे ।

बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा मनाइने चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाफत मुलुकका सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा सम्वद्र्धन गर्न सम्भव भएको हो भनेका छन् । 
 
कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गरी सुखी र समुत्रत प्रदेशका पक्षमा काम गरिहेको बताउँदै देशको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको अतुलनीय योगदान रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धिसहित आपसी सद्भाव र भ्रातृत्वको भावना बढाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।