ताजा अपडेट »

प्याव्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः लालहरि पाण्डे निर्वाचित

विहीबार, १७ माघ २०८१, ११ : ०३
32 Shares
विहीबार, १७ माघ २०८१
32 Shares

बुटवल । प्याव्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः लालहरि पाण्डे निर्वाचित भएका छन् ।

पाण्डे २१७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी लेखनाथ पौडेलले कुल १३७ मत प्राप्त गरे ।   यसैगरि वरिष्ठ उपाध्यक्षमा धनराज चापागाई निर्वाचित भएका छन् ।

चापागाईले २११ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी  केशव सापकोटाले १४४ मत पाए ।  सचिवमा यमबहादुर रावतलाई पछि पार्दै कृष्णप्रसाद शर्मा निर्वाचित भए । शर्माले १८७ मत प्राप्त गर्दा रावतले १७१ मत प्राप्त गरे ।

कुल १२ पदमा सर्वसम्मतका लागि प्रयास भएपनि सम्भव नभएपछि अध्यक्ष लगायत ३ वटा पदका लागी मतदान भएको थियो । बाँकी अन्य पदमा भने सहमतिबाट टुङ्गो लागेको थियो। अधिवेशनको उद्धघाटन   लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।