ताजा अपडेट »
महाकुम्भ दुर्घटना अपडेट

महाकुम्भमा मृत्यु हुनेहरूको संख्या ३० पुग्यो, ६० जना घाइते

बुधबार, १६ माघ २०८१, २३ : ४५
66 Shares
बुधबार, १६ माघ २०८१
66 Shares

उत्तर प्रदेश, भारत  । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाको क्रममा बुधबार राति करिब १.३० बजे एक घाटमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या  हाल सम्म ३० पुगेको छ । यस दुर्घटनामा दर्जनौँ घाइते समेत भएका छन् ।

प्रशासनले बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्याबारे कुनै  एकीन जानकारी दिएको थिएन । महाकुम्भ मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै  ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको  बताएका हुन।  मृतक मध्ये २५ जनाको सनाखत भइसकेको र घाइते ६०  जनाको अस्पतालमा उपचार भइरहेको  बताएका छन ।
 
घटनाको कारण बताउँदै उनले भने, ‘अखडा क्षेत्रमा ब्यारिकेडहरू जडान गरिएका थिए, तीमध्ये कतिपय ब्यारिकेडहरू भत्केका छन्। ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा धेरै भक्तजनहरू सुतेर बसेका थिए । जब त्यहाँ अन्य श्रद्धालु पुगे, उनीहरूले तल को सुतिरहेका छन् भनेर देख्न सकेनन्र र यो दुर्घटना भयो।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लृख्दै भनेका छन्, ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दुखद छ । यसबाट आफ्ना परिवारका सदस्यहरू गुमाउनुहुने भक्तजनहरूप्रति मेरो गहिरो समवेदना। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय प्रशासन पीडितलाई सक्दो सहयोग गर्न लागिरहेको छ । मैले यस सम्बन्धमा मुख्यमन्त्री योगीजीसँग कुरा गरेको छु र म राज्य सरकारसँग निरन्तर सम्पर्कमा छाै।’

मौनी अमावस्याका दिन अमृतस्नानका अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन पुग्ने प्रशासनले अनुमान गरेकाे थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।