ताजा अपडेट »

अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी

बुधबार, १६ माघ २०८१, २१ : ०१
70 Shares
बुधबार, १६ माघ २०८१
70 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन्।

बाँकी रहेका दुई प्रदेशको मतगणना सकिँदा निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्। विजयप्रकाश शर्मा सापकोटाले ६८६ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी हेमन्त राईले ६१५ मत ल्याएका छन्। उनीहरूबीच ७१ मतान्तर रहेको छ।  

सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकटका हुन्। पराजित भएका हेमन्त राई उपमहासचिव जनार्दन शर्मा निकटका हुन्। यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए। उनले ५९६ मत प्राप्त गरेका थिए।  मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्। उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाएका थिए। 

उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याएका थिए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्। महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए। उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।